२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेयरलाई कारवाहीको माग गर्दै चक्काजाम

लेखक स्थानीय खबर ६ श्रावण २०७५, आइतबार १ मिनेट पढाइ

 

साउन ६ लहान । कर्जन्हा नगरपालिकाका मेयर गंगा पासवानले आफ्नै कार्यालयका कर्मचारीलाई कुटपिट गरेको आरोपमा स्थानीयवासीले आज बिहान पूर्व–पश्चिम राजमार्गस्थित सिरहा बस्तीपुरमा चक्काजाम गरेका छन् ।

पासवानले नगरपालिकाका कर्मचारी बलिराम यादवमाथि कुटपिट तथा दुव्र्यवहार गरेको आरोप लागेको छ । स्थानीयवासीले पासवानमाथी कारवाहीको माग गर्दै बिहान ८ बजेदेखि आधा घण्टा चक्काजाम गरेका हुन् । चक्काजामका कारण पूर्व र पश्चिमबाट आएका सवारी साधन बाटामै रोकिएका थिए ।

स्थानीयवासीले चक्काजाम गरेपछि इलाका प्रहरी कार्यालय मिर्चैया र कर्जन्हाबाट खटिएको प्रहरी टोलीले हस्तक्षेप गरी बाटो खोलाएको थियो । नगरपालिकाले खरिद गरेको माटो खन्ने जेसीबी गाडीको भ्याट बिलविना नै भुक्तानीका लागि कागजपत्र तयार पार्न भनेको र नमानेका कारण आफूमाथि नगर प्रमुखले कुटपिट गरेको नगरपालिकाका जिन्सी तथा प्रशासन शाखा प्रमुख यादवले आरोप लगाए ।

पासवानलाई कारवाही गर्नुपर्ने मागसहित आफूहरुले चक्काजाम गरेको स्थानीयवासी तथा नयाँ शक्ति पार्टीका नेता प्रभात महतोले जानकारी दिए । रासस

प्रकाशित मिति : ६ श्रावण २०७५, आइतबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।