२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्मचारीको तलब स्थानीय तहबाटै



साउन ३, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५/७६ बाट सरुवा भएर जाने कर्मचारीलाई सम्बन्धित स्थानीय तहबाटै पारिश्रमिक पठाउने भएको छ ।

“सरुवा गरिएका कर्मचारी स्थानीय तहमा नजाने भएकाले पारिश्रमिक सरुवा सम्बन्धित स्थानीय तहमै पठाउँदैछौं,” संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले भने, “स्थानीय तहमा कर्मचारी जान नमानेकाले पनि सम्बन्धित स्थानीय तहमै पारिश्रमिक पठाउन लगेका हौं ।”

यसअघि स्थानीय तहमा कर्मचारी सरुवा भए पनि पहिलेकै कार्यालयबाट पारिश्रमिक बुझ्न मिल्ने व्यवस्था थियो । जसका कारण सरुवा भएको स्थानीय तहमा नजाँदा पनि कर्मचारीले पारिश्रमिक पाउँथ्यो ।

मुलुक संघीय संरचनामा गइसकेपछि स्थानीय तहमा अपुग भएका कर्मचारीलाई केन्द्रबाट पठाउँदै आएको छ । स्थानीय तहमा करीब ५७ हजार कर्मचारी रहनेछन् । रासस

प्रकाशित मिति : ३ श्रावण २०७५, बिहिबार ००:००