२८ असार २०८२, शनिबार | Sat Jul 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राम्रो कानून बने आधाजसो स्थानीय जनप्रतिनिधी जेल जान्छन्ः लिङदेन



 

स्थानीय खबर संवाददाता
काठमाडौं, २९ असार

संघीय संसदका सदस्य राजेन्द्र लिङदेनले मुलुकमा राम्रो कानून बनेर कार्यान्वयन भए आधाजसो स्थानीय जनप्रतिनिधी जेल जाने दाबी गरेका छन् ।

गाउँपालिका महासंघ र नेपाल नगरपालिका संघले आयोजना गरेको सांसदसँगकाे संवाद कार्यक्रममा उनले स्थानीय जनप्रतिनिधी भ्रष्टचारमा मात्रै लिप्त भएको आरोप लगाए ।

 

“एउटा स्थानीय तहमा जिविसले पहिल्यै गरिसकेको कामलाई यस बर्ष सम्पन्न गरेको देखाएर भुक्तानी लिन खोजेछ । कर्मचारीले नमानेपछि जनप्रतिनिधीले धम्की दिएछ । त्यसपछि मलाई फोन कर्मचारीको फोन आयो,” उनले भने, “अर्को स्थानीय तहमा भुक्तानी दिँदा कमिसन खाने चलन नै छ, कमिसन खान पाउनु पर्छ भनेर जनप्रतिनिधीले अड्डी कसेछन् । यस्ता उदाहरण कयौं छन् । यदि राम्रो कानुन बनेर लागू भयो भने आधाजसो जनप्रतिनिधी जेल जाने निश्चित छ ।”

साथै, जनप्रतिनिधी र कर्मचारीहरूले ‘संक्रमणकाल’ भन्दै पन्छिने गरेको पनि उनको आरोप छ । “अहिले दोषबाट उम्किन र जिम्मेवारीबाट पन्छिन सझिलो छ । ‘संक्रमणकालमा यस्तै हुन्छ’ भन्यो उम्कियो ।”

उनले भ्रष्टाचार गरेर सम्पति कमाउनु आमाको रगत खानु बराबर भएको भनाई दोहोर्याए । केही समय अघि उनले संघीय संसदमा बोल्नेक्रममा यही भनाई राखेका थिए ।

प्रकाशित मिति : २९ असार २०७५, शुक्रबार ००:००