१५ मंसिर २०८२, आइतबार | Sun Nov 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धौलागिरि चक्रिय पदमार्गको छहरीखोलामा ट्रस पुल निर्माण



 

२७ असार, म्याग्दी । म्याग्दीको धौलागिरि चक्रिय पदमार्ग अन्तर्गतको छहरीखोलामा ट्रस प्रविधिको पुल निर्माण भएको छ ।

गाउँपालिका, झोलुंगे पुल सहयोग कार्यक्रम टिबीएसयु, मिलन म्याग्दीको सहयोगमा कल्लेनी गाउँका बासिन्दाले धौलागिरि गाउँपालिका ४ र ६ नम्बर वडाको सिमानामा अवस्थित छहरी खोलामा ३२ मिटर लामो पुल निर्माण गरेका हुन् ।

२४ लाखको लागतमा निर्माण भएको पुलबाट कल्लेनी, शिवाङ, नेरवाङ, मुदी, नाउरा, बगरका ३०० भन्दा बढी घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष धनबहादुर पुनले बताए ।

पुलबाट धौलागिरि चक्रिय पदमार्ग, आधार शिविर र हिमाल आरोहणमा जाने पर्यटक, पथप्रर्दशक र पर्यटक मजदूरलाई समेत आवतजावतमा सुविधा पुगेको छ । यसअघि जीर्ण अवस्थाको काठको पुलबाट जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था थियो ।
रासस

प्रकाशित मिति : २७ असार २०७५, बुधबार ००:००