१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिकाको केन्द्रसंग जोड्ने सडक निर्माण



 

२५ असार, म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका ३ र ४ नम्बर वडा बरंजालाई गाउँपालिकाको केन्द्र बाबियाचौरसंग जोड्ने सडक निर्माण भएको छ ।

चालू आर्थिक वर्ष २०७४/७५ मा वडाको प्रस्तावमा गाउँपालिकाले विनियोजन गरेको ६० लाख ५० हजारको बजेटमा स्थानीयले श्रमदान समेत जुटाएर करीब छ किलोमिटर सडक निर्माण गरेका हुन् । अर्मनको पोक सातबिसे तोरीडाँडा खर्क हुँदै ३ नम्बरको वडा कार्यालय जोड्ने नमूना सडक निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष बलराम सापकोटाले जानकारी दिए ।

उनका अनुसार, सडक निर्माणमा समुदायको तर्फबाट छ लाख ५० हजार बराबरको श्रमदान गरिएको छ । गाउँपालिकाले नमूना सडक निर्माण गर्ने उद्देश्यले विनियोजन गरेको बजेटबाट ट्याक निर्माण भएसंगै वडा नम्बर ३ र ४ बरंजाका स्थानीयलाई गाउँपालिकाको केन्द्रसम्म आवतजावत गर्न सहज भएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले जानकारी दिए ।

यस सडक निर्माण नहुँदासम्म बरंजाका स्थानीयले गाउँपालिकाको केन्द्र बाबियाचौर आउनको लागि बरंजा, पखेर, तातोपानी हुँदैको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो । छोटो र स्तरीय सडक निर्माण भएपछि बरंजावासीलाई गाउँपालिका पुग्न झण्डै ४५ मिनेटको बाटो छोटिएको छ ।

गाउँपालिकाबाट यसै वर्ष साम्तुङ झाँझेपानी हुँदै किमचौर सडक, पोक, किमचौर सडक पूर्णगाउँ, टोड्के सडकलाई समेत स्तरोन्नति गरिएको छ । गाउँपालिकाले आगामी वर्षलाई सडक वर्षका रुपमा मनाउने नीति लिएको गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले बताइन् ।
रासस

प्रकाशित मिति : २५ असार २०७५, सोमबार ००:००