२४ असार, काँकडभिट्टा । पर्यटकको आकर्षणका लागि झापाको मेचीनगरपालिका वडा नं ९ स्थित थोप्लेविरान सामुदायिक वन समूहले उक्त बनमा १० लाखको लागतमा हात्ती र डाइनोसरको कलात्मक प्रतिमा राखेको छ ।
वन परिसरलाई पर्यटकीय गन्तव्य बनाउन हात्ती र डाइनोसरको फाइबरको प्रतिमा बनाइएको वन समूहका अध्यक्ष कृष्ण कोइरालाले जानकारी दिए ।
सो कार्यका लागि करीब २५ लाख खर्च भइसकेको र यस्मा मेचीनगर नगरपालिकाले ७० प्रतिशत र वन समूहले ३० प्रतिशत खर्च व्यहोरेको पिकनिकस्थलमा विद्युत् तथा खानेपानीको व्यवस्था पनि गरिएको उनले बताए ।
सुनसरीको जयलक्ष्मी फाइवर उद्योगमा नेपाली प्राविधिकले नै एक महिना लगाएर सो प्रतिमा निर्माण गरेका हुन् ।
रासस






प्रतिक्रिया ०
यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।
अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।