१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अवरुद्ध दिक्तेल–जयराम सडक १७ घण्टापछि सञ्चालन



 

२२ असार, खोटाङ । मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–जयराम सडक १७ घण्टापछि बिहिबार साँझबाट सञ्चालनमा आएको छ ।

बुधबार राति हलेसी तुवाचुङ नगरपालिकाको ऐतिहासिकस्थल तुवाचुङ जायजुमस्थित बर्खेटारमा पहिरो खस्दा अवरुद्ध बनेको सडक बिहिबार साँझबाट सञ्चालन आएको हो ।

सडकमा थुप्रिएको पहिरो पन्छाएपछि सडक सञ्चालनमा अाएको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले बताए ।

पहिरो पन्छाउन नगरपालिका, खोटाङ बृहत् खानेपानी आयोजना, मध्यपहाडी लोकमार्गअन्तर्गत हलेसी–दिक्तेल सडक कालोपत्रेको काम गरिरहेको सूर्य कन्स्ट्रक्सन र नागार्जुन कम्पनीको एस्काभेटरलाई दिनभर लागेको थियो ।

वर्षायाममा जिल्ला भित्रिने र बाहिरिने एकमात्र दिक्तेल–जयराम सडक बन्द हुँदा सयौँ यात्रु अलपत्र परेका थिए । अवरुद्ध सडक खुलेपछि मालबाहक सवारी साधन गन्तव्यतर्फ लागेको यातायात व्यवसायी संघ खोटाङका महासचिव रामकुमार हिङ्माङले बताए ।
रासस

प्रकाशित मिति : २२ असार २०७५, शुक्रबार ००:००