१३ चैत्र २०८०, मंगलबार | Tue Mar 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं महानगरकाे ७ ठाउँमा निशुल्क इन्टरनेट जडान



१८, अशोज, काठमाडौं । काठमाडौँ महानगरपालिकाले ७ सार्वजनिक स्थानमा इण्टरनेट जडान गरेको छ । ३ महिनाअघि महानगर र वर्ल्ड लिङ्क कम्युनिकेशन प्रालिबीच जडान गर्ने सम्झौता भएको थियो ।

अब सर्वसाधारणले पशुपतिनाथ, बालाजु उद्यान, शंखपार्क, स्वयम्भू, बौद्ध र हनुमानढोका दरबार क्षेत्रमा निःशुल्क इन्टरनेट प्रयोग गर्न पाउनेछन् ।

सर्वसाधरणको बढी आवतजावतलाई लक्षित गरि इन्टरनेट जडान गरिएको महानगरले जनाएको छ । अन्य क्षेत्रको भन्दा धरै एमबीपीएस क्षमताको इण्टरनेट राखेको महानगरका सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिए ।

उनका अनुसार अहिले जडान गरिएका सबै स्थानमा १० एमबीपीएस क्षमताको इण्टरनेट राखिएको छ । सबै स्थानमा गरी दैनिक २०० नागरिकले मात्र उक्त इण्टरनेट सुविधा प्रयोग गर्ने अनुमान महानगरको छ ।

काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पहिलो चरणमा सात स्थानमा र पछि नागरिकको आवश्यकता हेरी अन्य स्थानमा पनि राखिने बताए । रासस

प्रकाशित मिति : १८ असार २०७५, सोमबार ००:००