७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झापा गाउँपालिकामा झोलुंगे पूल निर्माण



१६ असार, सुरुङ्गा । झापा झापा गाउँपालिका– १ का सितुमारी हुँदै स्यालमारा जोड्ने सडक खण्डको सानो माईमा झोलुंगे पूल निर्माण भएको छ ।

सहारा नेपालको प्राविधिक सहयोग, स्थानीय जनश्रमदान र झापा गाउँपालिकाको ३ लाख ४१ हजार रुपैयाँसहित ५८ लाख रुपैयाँमा पूल निर्माण भएको हो । पूलबाट स्यालमाराका ३ सय घर लाभान्वित भएका छन् ।

यसअघि सानो माईमा पूल नहुँदा त्यस क्षेत्रका सर्वसाधारण हिउँदमा बाँसको पुलबाट झापा बजार ओहोरदोहर गर्थे । वर्षायाममा भारतीय बजार दिघलबैंक हुँदै फेरी नेपाल आउने बाध्यता रहेको स्थानीयवासी जालिम मियाँले बताए ।

६४ मिटर लम्बाइको उक्त पूल निर्माणसँगै स्थानीयवासी खुशी भएका छन् । पूल निर्माण उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर इजामले तत्काललाई सहज भए पनि मोटेरेबल पक्की पूलको आवश्यकता रहेको बताए । रासस

प्रकाशित मिति : १६ असार २०७५, शनिबार ००:००