१९ कार्तिक २०८३, बुधबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडक पेटीको पसलमाथि निगरानी बढाउँदै महानगर

लेखक स्थानीय खबर १४ असार २०७५, बिहिबार १ मिनेट पढाइ

 

१४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक पेटीमा पसल राख्नेहरुमाथि निगरानी बढाएको छ । महानगरपालिकाले जेठको पहिलो सातादेखि हालसम्म सडक पेटीमा पसल राख्ने करीब ५५० जनाको सामग्री जफत गरिसकेको छ ।

जफत गरिएका ती सबै सामग्री लिलाम प्रक्रियामा लगिने छ । कोटेश्वर, चावहिल, रत्नपार्क, कालीमाटी, बल्खु, स्वयम्भू कलङ्की लगायतका स्थानबाट ती सामग्री जफत गरिएको हो ।

बिहान बेलुका राखिने यस्ता पसलले पैदलयात्रीलाई आवतजावत गर्न समस्या परेकाले कामपाले यो अभियान शुरु गरेको हो । यसले निरन्तरता पाउने पनि कामपाले जनाएको छ ।

गत जेठको पहिलो साता कामपाले सडक छेउमा विभिन्न किसिमका सामग्री राखी बिक्री वितरण नगर्न सम्बन्धमा सूचना सार्वजनिक गरिएको थियो । उक्त सूचनालाई व्यापारीले अटेर गरेपछि यस्तो अभियान शुरु गरेको कामपा नगर प्रहरी महाशाखाका प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिए ।

गत जेठ ६ गतेदेखि थालनी गरेको सो अभियान अन्तर्गत २७८ जनालाई सामानसहित पक्राउ गरिएको थियो । तीमध्ये १७८ जनाको सामान दर्ता गरिएका छन् । बाँकी सय जनाले सामान दाबी गर्न नआएका कारण दर्ता गर्न सकिएको छैन ।

यसैगरी, अभियानका क्रममा करीब ७० जनाबाट तत्काल बिग्रिने, सड्ने, गल्ने सामान जफत गरिएकाले उनीहरुलाई कारवाही गरेर छोडिएको छ ।
रासस

प्रकाशित मिति : १४ असार २०७५, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।