७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उर्लाबारी नगरपालिकाका ५९ वटा सडकमा ग्राभेल



 

१४ असार, उर्लाबारी– मोरङ । चालु आर्थिक वर्ष २०७४/७५ मा उर्लाबारी नगर क्षेत्रमा तीन वटा कल्भर्ट निर्माण सम्पन्न भएका छन् ।

नगरपालिकाको ८० र उपभोक्ताको २० प्रतिशत गरी कूल ६१ लाख ४४ हजारको लागतमा कल्भर्ट निर्माण गरिएका हुन् । नगरपालिकाका इन्जिनियर रोशन उदासका अनुसार उर्लाबारी नगरपालिकाभित्र चालु आवमा ५९ वटा सडकमा ग्राभेल हाल्ने काम सम्पन्न भएका छन् ।

नगरपालिकाको ८० प्रतिशत अनुदान तथा उपभोक्ताको २० प्रतिशत गरी दुई करोड ३६ लाखको लागतमा सडक ग्राभेल गरिएको हो । नगरपालिकाको अनुदानमा सडक ग्राभेल गर्न विभिन्न सडकमा उपभोक्ता समिति गठन गरिएको थियो । उपभोक्ता समितिकै सक्रियतामा सडकमा ग्राभेल गरिएको इन्जिनियर उदासले बताए ।
रासस

प्रकाशित मिति : १४ असार २०७५, बिहिबार ००:००