१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रानीपोखरीको कङ्क्रिट एक साताभित्र हटाइने



 

शर्मिला पाठक
८ असार, काठमाडौं ।

८ असार, काठमाडौं । रानीपोखरी पुनःनिर्माणका क्रममा प्रयोग भएको कङ्क्रिट एक साताभित्र हटाइने भएको छ । विगत १० दिनदेखि शुरु गरेको उक्त कार्य अबको एक हप्ताभित्र सम्पन्न गरी पुनःनिर्माणका लागि बोलपत्र आह्वान गर्ने र निर्माण कम्पनीलाई जिम्मा दिइसक्ने जानकारी काठमाडौँ महानगरपालिकाले दिएको छ ।

भूकम्प जानुअघिकै स्वरुपमा पुनर्निमाण गर्न लागिएको महानगरका इञ्जिनियर राम थापाले बताए । १८ महिनाअघि नै पुनर्निर्माण सुरू भए पछि सिमेन्टलगायतका आधुनिक निर्माण सामाग्री प्रयोग गरेको भन्दै चौतर्फि बिरोध हुँदै आएको छ ।

यसअघि जेठ १५ गतेदेखि पुनर्निर्माण थाल्ने भनिए पनि अहिलेसम्म सुरू हुन सकेको छैन २०७२ को भूकम्पबाट रानीपोखरी र पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरमा पनि क्षति पु¥याएको थियो ।

गत पुस १३ गते पुनःनिर्माणका लागि गठन गरिएको विज्ञ समूहले मल्लकालीन शैलीमा पुनर्निर्माण गर्न सुझाव दिएको थियो । प्रताप मल्लले आफ्ना छोरा चक्रबर्तिन्द्र मल्लको नाममा यो पोखरी बनाएका थिए ।

बालगोपालेश्वर मन्दिरको स्वरुप ग्रन्थकूट शैलीको थियो । यसको प्रमाण हाल मन्दिरको चारैतर्फको प्रवेशद्वारमा राखिएको ढुंगाद्वारा निर्मित संघारले पनि पुष्टि गर्छ । रासस

प्रकाशित मिति : ८ असार २०७५, शुक्रबार ००:००