८ असार, नवलपरासी । पूर्वी नवलपरासीको हुम्सेकोट गाउँपालिकामा उज्यालो हुम्सेकोट विद्युतीकरण विकास कार्यक्रम अन्तिम चरणमा पुगेको छ ।
गाउँपालिकाको चालू आर्थिक वर्ष ०७४/०७५ मा विनियोजित करीब ८० लाखको लागतमा गाउँपालिका अन्तर्गतका राष्ट्रिय प्रशारणको बिजुली नपुगेका स्थानमा विद्युतीकरण विस्तारका लागि सञ्चालन गरिएको आयोजना अन्तिम चरणमा पुगेको हो ।
जसअन्तर्गत रुम्सी, मोहनडाँडा, सत्कोण, गुरुङघाट, रिपाहारुपसी लगायतका बस्तीमा विद्युतीकरण विकास विद्युत अन्तर्गत पोल पु¥याउने काम भइरहेको हुम्सेकोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत छत्रबहादुर अधिकारीले जानकारी दिए ।
अब छिट्टै नै ती सबै गाउँ तथा बस्तीमा विद्युतीकरण सम्पन्न भएपछि यसअगावै राष्ट्रिय बिजुली नपुगेका स्थानमा पनि बिजुली विस्तार हुनेछ । ती गाउँ तथा बस्तीमा गरी करीब २५० घरधुरीलाई लक्षित गरी उज्यालो हुम्सेकोट विद्युतीकरण विकास कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेले जानकारी दिइन् ।
राष्ट्रिय प्रशारणको बिजुली नपुगेका कारण केही स्थानमा सामान्य लद्यु विद्युतीकरण र सेलार प्रयोग गर्दै आए पनि अधिकांश स्थानमा टुकीको भरपर्नुपर्ने अवस्था थियो ।
अब भने सो समस्या समाधान हुनेमा स्थानीयवासी आशावासी बनेका छन् । यसबाहेक पूर्वी नवलपरासीको बुलिङटार र बुङ्दीकाली गाउँपालिकामा ९० प्रतिशत स्थानमा राष्ट्रिय प्रशारणको बिजुली नपुगेको अवस्था छ ।
रासस






प्रतिक्रिया ०
यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।
अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।