१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सैनामैना नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक



३ असार, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिककाले आर्थिक वर्ष २०७५/७६ काको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।नगरपालिकाका मेयर चित्रबहादुर कार्कीले नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा, सरसफाइ र भू–उपयोग योजना निर्माणका लागी जोड दिइएको बताए ।

उनले निर्वाहमुखी कृषि प्रणालीलाई विस्थापित गरेर आधुुनिक कृषि प्रणाली लागू गरिने बताए । साथै बुुद्ध सर्किटसम्बन्धी अवधारणालाई कार्यान्वयन गर्न लुम्बनी विकास कोषसँग समन्वय गर्ने पनि उनले जानकारी दिए ।

नीति तथा कार्यक्रममा इतिहासविद्, संस्कृतिविद् तथा पर्यटनविद्सहितको गठित कार्यदलको समन्वयमा सैनामैना क्षेत्रको अध्ययन अनुसन्धान गर्ने उल्लेख छ ।

सैनामैनाको ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक पक्षको पहिचान, संरक्षण र विकास गरिने पनि कार्यक्रममा उल्लेख छ । बुद्धकालीन ऐतिहासिक सैनामैनामा पाइएका पुरातात्विक महत्वका मूर्ति र वस्तु एकीकृत गरी प्रदर्शन गर्न सैनामैना– १ को १२ बिगाहा जग्गामा संग्रहालय निर्माण गर्न सम्भाव्यता अध्ययन गरिने छ ।

लुम्बिनी परिपथ परिक्रमा कार्यक्रमलाई व्यवहारमा रुपान्तरण गर्न सैनामैना नगरपालिका र अन्य स्थानीय तहसँगको सहकार्यमा सुविधा सम्पन्न नगरबस सञ्चालनमा ल्याउन प्रक्रिया अघि बढाइने पनि कार्यक्रममा उल्लेख छ ।

पर्यटन पूर्वाधार निर्माण र प्रचारप्रसार गर्न सैनामैना नगरपालिका–ं २ मा थारु होमस्टेको सभाहल सञ्चालनको प्रक्रियामा रहेको जनाउँदै होमस्टे सञ्चालन गर्न चाहने स्थानीय समुदायलाई पाहुना घर निर्माण गर्न प्रोत्साहान गर्ने नीति लिइएको छ ।

नगरमा थारु समुदायको संस्कृतिको संरक्षण र संबर्धन गर्न थारु संग्रहालय निर्माणको सम्भाव्यता अध्ययन गरिनेमा जोड दिए । सम्पूर्ण नगरवासीलाई सफा र स्वच्छ खानेपानीको व्यवस्था मिलाउन ‘एक घर एक धारा’ कार्यक्रमसहित दुई वर्षभित्र सबै नगरवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने लक्ष्य राखेर काम गर्नेछ ।

नगरकार्यपालिका र नगरसभा सदस्य सहभागी भएर नीति तथा कार्यक्रममाथि छलफल हुने र पारित भएपछि असार १० गते बजेट ल्याउन बाटो खुुल्ने छ । रासस

प्रकाशित मिति : ३ असार २०७५, आइतबार ००:००