३ बैशाख २०८१, सोमबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमृत क्याम्पसदेखि सञ्चयकोषसम्म बाटो विस्तार



 

३ असार, काठमाडौं । स्वदेशी तथा विदेशी पर्यटकको आगागमनमा सहज बनाउने उद्देश्यले अमृत क्याम्पसदेखि सञ्चयकोषसम्म बाटो विस्तार गरिएको छ ।

काठमाडौं महानगरपालिका–२६ को १ करोड १० लाखको लागतमा बाटो विस्तार, कालोपत्रे र ढल हाल्ने काम गरिएको हो । उक्त बाटो झण्डै ५०० मिटर लामो छ ।

कामनपा– २६ का अध्यक्ष ख्यामराज तिवारीले एक महिनाभित्र निर्माण गर्ने गरी काम भइरहेको जानकारी दिए, “स्वदेशी तथा विदेशी पर्यटकको आगागमनमा सडक साँघुरो भएको जनगुनासो आएपछि उक्त क्षेत्रमा बाटो विस्तार गरेका हौँ,” उनले भने ।

यसैगरी कुमारी टोल कपुरधारामा सडक डिभिजन कार्यालयको १ करोड लागतमा बाटो कालोपत्रे, गल्कोपाखादेखि सगरमाथा चोकसम्म देवु मार्गमा २० लाखको लागतमा भत्केको बाटो पुनःनिर्माण भइरहेको अध्यक्ष तिवारीले जानकारी दिए ।
रासस

प्रकाशित मिति : ३ असार २०७५, आइतबार ००:००