४ मंसिर २०८३, शुक्रबार | Fri Nov 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

३०० दलित परिवारलाई सौर्य उपकरण वितरण

लेखक स्थानीय खबर १५ असार २०७६, आइतबार २ मिनेट पढाइ

असार १५, जाजरकोट । जाजरकोटको कुशे गाउँपालिकाले ३०० दलित परिवारलाई निःशुल्क सौर्य उपकरण (सोलार) वितरण गरेको छ । गाँउपालिकाको पहलमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले पूर्ण अनुदानमा सौर्य उपकरण प्रदान गरेपछि दलित समुदायका घर झिलीमिली हुने भएका छन् ।

निःशुल्क सौर्य उपकरण पाएका दलित परिवार खुशी भएका छन् । वर्षौदेखि अँध्यारोमा रात बिताउँदै आएका कुशे–३ अर्छानी दतीवरका चुके कामीले पहिलोपल्ट सोलार पाउँदा निकै खुशी लागेको बताए । उनले राति घरायसी कामकाज गर्न र केटाकेटीलाई पढ्न सहयोग पुग्ने बताए । त्यस्तै कुशे–५ खुर्पाकी रञ्जना बादीले निःशुल्क सोलार पाउँदा निकै खुसी लागेको बताइन् । उनले बत्ती नहुँदा वर्षौँदेखि टुकी र दियालोको भरमा गुजरा चलाउँदै आएको जानकारी दिइन् । “छोराछोरीलाई पढ्न सजिलो हुने भएको छ, राति घरको कामकाज गर्न, खाना पकाउन सजिलो भएको छ”, उनले खुशी व्यक्त गर्दै भनिन् ।

बिजुली बत्ती नहुँदा अँध्यारोमा बस्न बाध्य विपन्न दलित परिवारलाई निःशुल्क सोलार प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । बत्ती नहुँदा टुकी, दियालो र मैनबत्तीको सहारामा पढ्न बाध्य दलित समुदायका बालबालिकालाई सोलारको उज्यालोले अध्ययनमा निकै फाइदा पुग्ने अध्यक्ष बस्तेको भनाइ छ । “गाँउपालिकामा ६६० दलित परिवार छन् । तीमध्ये अतिविपन्न ३०० परिवारलाई सोलार वितरण गरेका छौँ भने बाँकी परिवारलाई यसै वर्ष सोलारका लागि वैकल्पिक ऊर्जासँग आवश्यक पहल गर्छु ।”

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले चालू आर्थिक वर्षमा कुशेमा ३०० र बारेकोटमा ३०० दलित परिवारका लागि निःशुल्क सौर्य उपकरण प्रदान गरेको हो । बीस वाटको सोलारको बजार मूल्य १० हजार ५०० पर्छ । रासस

प्रकाशित मिति : १५ असार २०७६, आइतबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।