६ मंसिर २०८३, आइतबार | Sun Nov 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्नपूर्ण गाउँपालिकाः एक घर, एक धारा अभियान तीव्र

लेखक स्थानीय खबर २८ चैत्र २०७५, बिहिबार २ मिनेट पढाइ

चैत २८, पोखरा । अन्नपूर्ण गाउँपालिका कार्यालय कास्कीले गाउँपालिकाभित्र एक घर, एक धारा अभियानलाई तीव्र पारेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रममा एक घर, एक धारा अभियान सञ्चालन गर्ने उल्लेख गरिएअनुरुप चालू आर्थिक वर्षमा यहाँका एक हजार घरधुरीमा घरघरमा धारा पु¥याउने लक्ष्यका साथ काम अघि बढाइएको हो ।

गाउँपालिका अध्यक्ष युवराज कुँवरका अनुसार विभिन्न वडा एवं स्थान विशेष योजना अघि सारिएकामा कतिपय योजना सम्पन्न भइसकेका छन् भने कतिपय सम्पन्न हुने क्रममा छन् । स्थानीय अवस्थाका आधारमा १० देखि २० प्रतिशत जनश्रमदानसहित वडाले खानेपानीका लागि लगभग तीन करोड छुट्याएको उनले जानकारी दिए । गाउँपालिकाले चालू योजनामा गाउँपालिकाको वडा नं १ को लेवाडेका साथै र कुँवरगाउँ, नेपाली थर, भुवाइँ थर र फल्ला पानीलाई लक्षित गरी खानेपानी योजना अघि बढाएको छ ।

त्यस्तै वडा नं २ को सेराचौर, वडा नं ३ को पाउँदुरकोट, दमदमे, भिरमुनि दलितबस्ती, वडा नं ४ को सल्यान, ५ को पुरानोगाउँ दलित बस्ती, वडा नं ८ को बीरेठाँटी, ९ को तिखेढुङ्गा, १० को सिमे खानेपानी, ११ को छोम्रोङ्ग लगायतका स्थानमा खानेपानीका योजना सञ्चालन गरेको छ । वडा नं ६ मा सङ्घीय बजेटअनुरुप नै खानेपानी योजना सञ्चालनमा छ ।

सञ्चालित योजनामध्ये कतिपयको काम सकिइसकेको र कतिपय सकिने क्रममा रहेको जानकारी दिँदै अध्यक्ष कुँवरले आगामी जेठको पहिलो सातासम्म सम्पूर्ण काम सक्ने गरी काम तीव्ररूपमा अघि बढेको जानकारी दिए । रासस

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।