३ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश सरकारले लगानी सम्मेलन गर्ने

लेखक स्थानीय खबर २५ चैत्र २०७५, सोमबार ३ मिनेट पढाइ

रिपेश दाहाल

चैत २५, हेटौँडा । सङ्घीय सरकारले लगानी सम्मेलन सम्पन्न गरेको एक महीनाभित्रै प्रदेश नं ३ सरकारले पनि देशभित्रकै लगानीकर्तालाई आकर्षित गर्न सोही प्रकृतिको कार्यक्रम गर्ने भएको छ ।

लगानीकर्तालाई प्रदेशका विभिन्न क्षेत्रमा लगानी गर्न प्रेरित गर्ने भन्दै सरकारले निजी क्षेत्रका व्यवसायीलाई भेला पारेर लगानीका लागि अनुरोध गर्ने भएको हो । एक सय देखि १५० सम्भावित लगानीकर्ता तथा विज्ञलगायत दुई सयको सहभागितामा आगामी वैशाख ६ र ७ गते चितवनमा प्रदेशस्तरीय सम्मेलन गरिने मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।

पाँच खम्बे नीतिलाई प्राथमिकतामा राखेर लगानीका बाटो खोलिने उद्देश्यसहित निजी क्षेत्रसँग वृहत छलफल हुनलागेको प्रदेश नीति तथा योजना आयोगका सदस्य श्यामकुमार बस्नेतले बताए । आयोगको आधार पत्रले निर्दिष्ट गरेका तथा अध्ययनमार्फत पहिचान भएका आधारमा रहेर लगानीकर्तालाई अनुरोध गरिने उनको भनाइ छ ।

देशका लगानीकर्तालाई प्रदेशमा लगानीका लागि प्रेरित गर्ने आधार तय भएको प्रदेशसभा सदस्य बस्नेतले बताए । आधार पत्रमा उल्लेख भएअनुसार प्रदेशको विकास र समृद्धिका लागि निजी क्षेत्रलाई सहभागी गराउन लागिएको हो । सम्मेलनपछि लगानीकर्ता प्रदेशको पर्यटन, कृषि, उद्योग लगायतको क्षेत्रमा लगानीका लागि आकर्षित हुने योजना आयोगको अनुमान छ ।

संघीय सरकारको विसं २०२० सम्ममा वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न पनि यही प्रदेशको मुख्य योगदान रहने जानकार बताउँछन् । विश्व सम्पदा सूचीमा समावेश १० सम्पदामध्ये ८ वटा यही प्रदेशमा रहनु तथा लाङटाङ राष्ट्रिय निकुञ्ज, पर्सा राष्टिय« निकुञ्ज (कतिपय क्षेत्र) शिवपुरी राष्ट्रिय निकुञ्ज, गौरीशङ्कर संरक्षण क्षेत्र जस्ता महत्वपूर्ण वन सम्पदा पनि यही प्रदेशभित्र हुनु, साहासिक जलमार्गमा रुचि राख्ने पर्यटकका लागि त्रिशूली, सुनकोशी, भोटेकोशी जस्ता नदी हुनु , हिमाल आरोहणका लागि लाङटाङ, गणेश हिमाल, रोलवालिङ जस्ता हिमाल हुनु आदि पर्यटक भित्र्याउने आधार भएको पर्यटन क्षेत्रका जानकार बताउछन् ।

प्रदेश नं ३ फलफूल उत्पादन, जडीबुटी तथा पशुपालनका दृष्टिले पनि निकै नै महत्वपूर्ण मानिन्छ । त्यसैले प्रदेशको कृषिक्षेत्र पनि लगानीका लागि उपयुक्त क्षेत्र रहेको कृषि क्षेत्रका अगुवा बताउँछन् । तथ्याङ्क अनुसार देशका ११ औँ द्योगिक क्षेत्रमध्ये प्रदेश नं ३ मा चारवटा औद्योगिक क्षेत्र छन् । बालाजु औद्योगिक क्षेत्र, पाटन औद्योगिक क्षेत्र, भक्तपुर औद्योगिक क्षेत्र र हेटौंडा औद्योगिक क्षेत्रमा देशमा भएका बहुराष्ट्रिय उद्योगहरु मध्ये ८० प्रतिशत भन्दा बढी उद्योगहरु यहाँ छन् ।

साथै औद्योगिक उत्पादनको अभिबृद्धि प्रदेशको समृद्धि भन्ने मुलनारा सहित प्रदेश सरकार र नीति तथा योजना आयोग लागि परेको अवस्थामा लगानीकर्ताहरुले सरकारको दरिलो साथ पाउने बताइएको छ । आयोगका अनुसार प्रदेश ३ मा प्रसस्त लगानीका अवसरहरु छन् । विगतमा सरकार र नीजि क्षेत्रको समेत कमजोरीका कारण लगानीको सुरक्षा नहुदा स्वदेशी लगानीकर्ताहरु बैदेशिक क्षेत्रमा लगानी गर्न रुचाउने परिपाटी थियो । सम्मेलन मार्फत सरकारका वा नीजि क्षेत्रका कमीकमजोरीहरु पत्ता लगाउने र तिनलाई सुधार गर्ने सरकारको रणनीति रहेको छ । रासस

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।