५ मंसिर २०८३, शनिबार | Sat Nov 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिकालाई सदरमुकामसँग जोड्ने सडक निर्माण शुरु

लेखक स्थानीय खबर २२ चैत्र २०७५, शुक्रबार १ मिनेट पढाइ

चैत २२, राँझा । बाँकेको जानकी गाउँपालिकालाई सदरमुकाम नेपालगञ्जसँग जोड्ने मुख्य सडक निर्माण कार्य शुरु गरिएको छ ।

वडा नं ६ गनापुरस्थित पिप्रहवा चोकदेखि वडा नं ४ खजुराखुर्दको नहरचोक हुँदै नेपालगञ्ज–गुलरिया हुलाकी सडकमा जोड्ने गरी सडक निर्माणकार्य शुरु गरिएको गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले बताए ।

“गनापुरको भित्रसम्म उद्योग खुलेका छन्, साँघुरो र कच्ची सडक भएका कारण मालबाहक सवारीसाधन हिँड्न कठिनाई हुँदै आएको छ” उनले भने, “यो सडक निर्माणले गाउँपालिकामा रहेका उद्योगका सवारीसाधनसँगै सर्वसाधारणलाई आवागमनमा सजिलो हुनेछ ।”

गनापुरको पूर्वी क्षेत्रमा रहेका उद्योगले नेपालगञ्ज, कोहलपुर सडक प्रयोग गर्दै आए पनि पश्चिमतर्फ भित्रीभागमा रहेका उद्योगलाई सो सडक निर्माणपछि सवारी साधन आवागमनमा सहज हुनेछ ।

सिक्टा सिँचाइको नहरसमेत यही सडकको किनारबाट निर्माण हुँदैछ । सिक्टाको नहरबाट तीन मिटर र स्थानीय जग्गधनीबाट चार मिटर जमीन प्राप्त गरी सात मिटर चौडाइ हुनेगरी सडक निर्माण शुरु गरिएको गाउँपालिकाका इञ्जिनीयर निसार खानले बताए ।

उनका अनुसार, गाउँपालिकाको डेढ करोड र संसद विकास कोषको डेढ करोड गरी तीन करोडको लागतमा सात किलोमिटर लम्बाइको सो सडक निर्माण शुरु गरिएको हो । रासस

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।