३ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गण्डकी प्रदेश सरकारले ‘वार रुम’ बनाउने

लेखक स्थानीय खबर २ फाल्गुन २०७५, बिहिबार १ मिनेट पढाइ

फागुन २, पोखरा । गण्डकी प्रदेश सरकारले सरकार गठनको एक वर्ष पूरा भएका अवसरमा ‘वार रुम’ खडा गर्ने भएको छ ।

मुख्यमन्त्रीले शपथ लिएको यही फागुन ४ गते एक वर्ष पुग्न लागेका अवसरमा वार रुम स्थापना गरी प्रदेशका ११ जिल्लामा भइरहेको विकास निर्माणका स्थिति, भूकम्प र बाढीपहिरो पीडितको अवस्था लगायत विकास निर्माण र शान्ति सुरक्षाको अवस्था अनुगमन गरिने यहाँ आयोजित पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जानकारी दिए ।

बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलको पालामा दोस्रो विश्व युद्धका समयमा निर्मित ‘वार रुम’ बाट युद्ध कसरी गर्ने, कहाँ सेना खटाउने जस्ता कामको अनुगमन गरिन्थ्यो । वार्षिकोत्सवमा गण्डकी प्रदेशमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने सरकारको योजना छ ।

नेपाल भ्रमण वर्ष सफल बनाउन गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष पनि घोषणा गर्न लागेको छ । यसबीचमा सरकारले विभिन्न आयोजनाको विस्तृत आयोजना तयारीलाई अघि बढाएको बताइएको छ । रासस

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।