३ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिलाठी कोइलाडी गाउँपालिकामा पशुपालकको आय बढाउन घरदैलो

लेखक स्थानीय खबर १५ मंसिर २०७५, शनिबार १ मिनेट पढाइ

मंसिर १५, सप्तरी । तिलाठी कोइलाडी गाउँपालिकामा पशु स्वास्थ परीक्षण तथा व्यावसायिक पशुपालनसम्बन्धी निःशुल्क घरदैलो अभियान शुरु भएको छ । सर्वाधिक पशुपालन गरिएको गाउँपालिका–२ लौनियाबाट घरदैलो अभियान शुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

वडा नम्बर २ बाट शुरु भएको अभियान क्रमिकरुपमा गाउँपालिकाका आठ वटै वडामा सञ्चालन गरिनेछ । घरदैलो अभियानमा वरिष्ठ पशुरोग विशेषज्ञ डा दीपककुमार सिंह, डा राहुलप्रताप सिंह, डा मृगेन्द्र सिंहसहितको १५ सदस्यीय टोली संलग्न छन् । टोलीले स्वास्थ्य तथा अन्य सेवा प्रदान गर्ने छन् ।

पशुमा देखिने विभिन्न खाले रोगको उपचार, नियन्त्रण, उत्पादनमा वृद्धि र पशुपालकको अनावश्यक खर्च जोगाउने उद्देश्यले निःशुल्क घरदैलो अभियान थालिएको तिलाठी कोइलाडी गाउँपालिकाका स्वास्थ्य संयोजक शैलेश मिश्रले बताए । घरदैलो अभियानअन्तर्गत पशुको जाँच र औषधि निःशुल्क उपलब्ध गराइने छ ।

पशुमा देखिने विभिन्न रोगले उपचार खर्च धान्न समस्या भई उत्पादन र आयमा समेत ह्रास आइरहेका बेला पशु स्वास्थ्य परीक्षण र उपचार गर्न थालिएको घरदैलो अभियानले पशु उत्पादनमा वृद्धि हुने प्राध्यापक प्रदीपकुमार मण्डलले बताए । रासस

प्रकाशित मिति : १५ मंसिर २०७५, शनिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।