३ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फोहर सङ्कलन केन्द्र निर्माण तीब्र गतिमा

लेखक स्थानीय खबर २० कार्तिक २०७५, मंगलबार १ मिनेट पढाइ

 

कात्तिक २०, नेपालगञ्ज । नेपालगञ्जको फोहरमैला व्यवस्थापनका लागि फोहर सङ्कलन केन्द्र (ल्याण्डफिल्ड साइड) निर्माण भइरहेको छ । फोहर सङ्कलन केन्द्रको काम २८ महीनाको ७० प्रतिशत पूरा भएको छ ।

विसं २०७३ भदौमा एशियाली विकास बैङ्क र नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गतको एकीकृत शहरी विकास आयोजनाबीच सम्झौता भई काम शुरु गरिएको हो । तोकिएको समयमा निर्माण पूरा नभएपछि नौ महीना थप गरिएको छ ।

करीब १३ बिगाहा क्षेत्रफलमा निर्माण भइरहेको फोहर सङ्कलन केन्द्र निर्माण भएपछि नेपालगञ्जको फोहरमैलालाई सहजै व्यवस्थापन गर्न सकिने नगर उपप्रमुख उमा थापामगरले बताइन् ।

कूल लागत ३३ करोड ८८ लाख २७ हजारमा एकीकृत शहरी विकास आयोजनाले २० महीनामा निर्माण गर्ने गरी रेमकी एण्ड एन ए एन सी जेभि कुलेश्वरलाई सम्झौता गरी निर्माणको जिम्मा दिइएको छ ।

दैनिक २४ टन फोहर भण्डारण गर्ने क्षमता भएको ल्याण्डफिल्डमा फोहर ल्याएपछि पहिले कुहिने खालको फोहरबाट कम्पोष्ट मल तयार गरिनेछ र नकुहिने फोहर सेलमा राखेर माटोले च्यापेर राख्ने नेपालगञ्ज उपमहानगरपालिकाका वातावरण इञ्जिनीयर प्रकाश डिसीले बताए ।

केन्द्रमा सङ्कलन हुने फोहरबाट तयार गरिएको कम्पोष्ट मल बिक्री गरेर फोहरलाई मोहरमा परिणत गर्ने नगरपालिकाको योजना छ ।
रासस

प्रकाशित मिति : २० कार्तिक २०७५, मंगलबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।