३ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘बेंसीशहर नगरपालिका’ नामक मोबाइल एप्स सञ्चालनमा

लेखक स्थानीय खबर १८ कार्तिक २०७५, आइतबार १ मिनेट पढाइ

 

कात्तिक १८, लमजुङ । बेंसीशहर नगरपालिकाले ‘बेंसीशहर नगरपालिका’ नामक मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । कार्यालयको गतिविधि र स्थानीयवासीको जनगुनासो सुन्नका लागि मोबाइल एप्स सञ्चालनमा ल्याइएको हो ।

प्रविधिको विकाससँगै मोबाइल एप्सको प्रयोग बढेकाले सर्वसाधारणको सहजताका लागि एप्स सञ्चालनमा ल्याएको नगरपालिकाले जनाएको छ । नागरिकलाई कार्यालयको सूचना, नीति, कार्यक्रम, योजना तथा बजेट र कार्यालयले सम्पादन गर्ने कामको विषयमा जानकारी गराउने उद्देश्यले एप्स सञ्चालनमा ल्याइएको नगर प्रमुख गुमानसिंह अर्यालले बताए ।

उनले भने, “नगरका काममा पारदर्शीताका लागि एप्स राम्रो माध्यम रहेछ । यसमा नगरपालिकाको बजेटदेखि सबै विवरण राखिएको छ ।” एप्समा नगरपालिकाको परिचय, नगरपालिकाले दिने सेवा, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, ऐन कानून, वडा विवरण, नगरपालिकाका महत्वपूर्ण स्थान र आपत्कालीन नम्बर समावेश गरिएको सूचना प्रविधि अधिकृत मुकेश कुँवरले जानकारी दिए ।
रासस

प्रकाशित मिति : १८ कार्तिक २०७५, आइतबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।