३ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिराटनगरका १८ र १९ बाहेक सबै वडा खुला दिसामुक्त

लेखक स्थानीय खबर १५ कार्तिक २०७५, बिहिबार १ मिनेट पढाइ

 

कात्तिक १५, विराटनगर । विराटनगर महानगरपालिका ४, १२ र १४ लाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । महानगरपालिकामा १९ वडा रहेकामा अब १८ र १९ मात्र खुला दिसामुक्त क्षेत्र घोषणा हुन बाँकी छ ।

दुई महीनामा सो वडा खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने तयारीसाथ काम भइरहेको महानगरपालिका प्रमुख भीम पराजुलीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बताए । विराटनगरमा हाल ९९.४ प्रतिशत चर्पी निर्माण भइसकेको छ ।

वडा नं ४ मा तीन हजार १४५, वडा नं १२ मा दुई हजार ७७४ र वडा नं १४ मा एक हजार ९११ घरधुरीमा शतप्रतिशत चर्पी निर्माण भएपछि खुला दिसामुक्त वडा घोषणा भएको प्रमुख पराजुलीले बताए ।

यसैबीच महानगरपालिकामा आजदेखि न्यायिक समितिको नवनिर्मित इजलास सञ्चालनमा आएको छ । इजलासको अभावमा महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्कीकै कार्यकक्षमा मुद्दाहरु फैसला हुने गरेको थियो । हालसम्ममा सो समितिमा परेका ८० मध्ये २० वटा मुद्दाको किनारा लगाइएको छ ।
रासस

प्रकाशित मिति : १५ कार्तिक २०७५, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।