असोज १२, सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाका छ विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । विद्यालयमा साक्षरता कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रका विद्यालयमा पुस्तकालय स्थापना गरिएको हो ।
कपुरकोट गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले बिहीबार कालिका मावि कपुरकोटमा पुस्तकालयको उद्घाटन गर्दै गाउँपालिकाका सबै विद्यालयममा क्रमिक रुपमा पुस्तकालय स्थापना गरिने जानकारी दिए । पुस्तकालयले विद्यार्थीलाई बाहिरी ज्ञानसमेत दिने भएकोले सबै विद्यालयमा स्थापना गर्न आवश्यक भएको बताए ।
गाउँपालिकाले स्थापना गरेका पुस्तकालयमा पुस्तकको सङ्ख्या थप्दै जाने प्रतिबद्धता व्यक्त गरे । कपुरकोट गाउँपालिकाको समन्वयमा दलित विकास समाज सल्यानले सञ्चालन गरिरहेको साक्षरता कार्यक्रमअन्तर्गत विद्यालयमा पुस्तकालय स्थापना गरिएको जिल्ला संयोजक टेकराज शाहीले जानकारी दिए ।
रासस



प्रतिक्रिया ०
यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।
अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।