५ मंसिर २०८३, शनिबार | Sat Nov 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आठबीसकोट नगरपालिकाः पच्चीस शैयाको अस्पताल सञ्चालन

लेखक स्थानीय खबर १० आश्विन २०७५, बुधबार १ मिनेट पढाइ

 

असोज १०, रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले २५ शैयाको अस्पताल सञ्चालनमा ल्याएको छ । नगरपालिका–९ राडीबजारमा विभिन्न सेवासहित २५ शैयाको अस्पताल सञ्चालनमा ल्याएको हो । अस्पताल स्थापनाका लागि नगरपालिकाले हालसम्म एक करोड बढी खर्च गरेको जनाएको छ ।

अस्पतालबाट एक्सरे, अल्ट्रासाउण्ड, ल्याब परीक्षण, फार्मेसी, इसिजी, प्रसुतिसहितका सेवाट उपलब्ध हुने नगर प्रमुख गोर्खबहादुर केसीले जानकारी दिए । अस्पतालमा एम्बुलेन्स सेवा समेत उपलब्ध छ । नगरपालिकाले अस्पतालका लागि २० जना स्वास्थ्यकर्मी तथा कर्मचारी नियुक्त गरेको छ ।

नगरवासीलाई नगरपालिकाभित्रै भरपर्दो स्वास्थ्य सेवा दिने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको नगर प्रमुख केसीको भनाइ छ । आठबीसकोट नगर अस्पताल जिल्लाकै ठूलो सरकारी अस्पताल बनेको छ । सदरमुकाम मुसीकोट नगरपालिका–१ सल्लेमा रहेको जिल्ला अस्पताल मात्र १५ शैयाको छ ।

अस्पतालको भवन भने निर्माण हुन बाँकी छ । हाल अस्पतालका लागि साविकको स्वास्थ्य चौकी र एक विद्यालयलाई प्रयोग गरिएको छ । अस्पताल सञ्चालनमा आएपछि नागरिकले सहज स्वास्थ्य सेवा पाउने अपेक्षा गरेका छन् । अस्पतालले सेवा सुरु गरेपनि औपचारिक उद्घाटन भने हुन बाँकी छ ।
रासस

प्रकाशित मिति : १० आश्विन २०७५, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।