५ मंसिर २०८३, शनिबार | Sat Nov 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं ४ को नाम र राजधानी सम्बन्धमा छलफल हुँदै

लेखक स्थानीय खबर १० असार २०७५, आइतबार १ मिनेट पढाइ

 

१० असार, पोखरा । प्रदेश नं ४ को नाम र राजधानीका सम्बन्धमा आज यहाँको प्रदेशसभा बैठकमा छलफल हुने भएको छ । यसअघि नामका विषयमा असार १० गते छलफल गर्ने मिति तय गरिएको थियो ।

गत जेठ २१ गते नामाङ्कन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले विभिन्न विकल्पसहितको प्रतिवेदन प्रदेशसभामा बुझाएको थियो । प्रतिवेदनअनुसार पहिलो प्राथमिकतामा गण्डकी नाम राखिएको छ भने दोस्रोमा तमुवान–मगरात, तेस्रोमा गोरखा र चौथोमा धवलागिरि नाम प्रस्तावित छ ।

यसअघि नामाङ्कन समितिले प्रतिवेदन बुझाए पनि नामको विषयमा छलफल नगरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गत जेठ २६ गते सदन अवरुद्ध गरेको थियो भने २७ गते दुईपटक सम्म बैठक अवरुद्ध भएकामा तेस्रोपटक मार्सल लगाएरै बैठक चलाइएको थियो ।

प्रदेशसभाको बैठकमा आज नाम र राजधानीका सम्बन्धमा छलफल हुने भएपछि प्रदेशको नाम तमुवान मगरात हुनुपर्ने माग गर्दै आएको तमुवान मगरात संयुक्त संघर्ष समितिले नदीपुरमा धर्ना दिएको छ । स्थानीय प्रशासनले नदीपुरदेखि प्रदेशसभास्थल र आसपासका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
रासस

प्रकाशित मिति : १० असार २०७५, आइतबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।