६ मंसिर २०८३, आइतबार | Sun Nov 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली सरकारको नीति तथा कार्यक्रम शुक्रबार

लेखक स्थानीय खबर २४ जेष्ठ २०७५, बिहिबार १ मिनेट पढाइ

 

२४ जेठ, सुर्खेत ।
कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम जेठ २५ गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ ।

प्रदेशको सन्तुलित, न्यायोचित र समविकासबाट समृद्धिको यात्रा तय गर्ने उद्देश्य राखेर कर्णाली प्रदेश सरकारले भोलि नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।

प्रदेश सरकारले राष्ट्रियरुपमा महत्व राख्ने विषयगत विज्ञ, सम्बन्धित क्षेत्रका सरोकारवाला, स्थानीय विज्ञसँग छलफल गरी नीति तथा कार्यक्रम तयार गरेको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन् ।

सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रदेश प्रमुखले प्रस्तुत गर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले प्रदेश प्रमुखलाई पत्राचार गर्ने निर्णय भएको प्रवक्ता केसीले बताइन् । उनका अनुसार त्यसका लागि प्रदेशसभा सचिवालयलाई जानकारी दिनेसमेत निर्णय भएको छ ।
रासस

प्रकाशित मिति : २४ जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।