७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘जनप्रतिनिधीको साधरण बहुमतले स्थानीय तहको केन्द्र परिवर्तन गर्न सक्छ’



अहिले विभिन्न स्थानीय तहको केन्द्र विवाद चलिरहेको छ । सरकारले भने निर्वाचित जनप्रतिनिधीको साधरण बहुमतले स्थानीय तहको केन्द्र परिवर्तन गर्न सक्ने स्पष्ट पारेको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जारी गरेको संक्रमणकालीन गठन आदेश र स्थानीय तह प्रकाशित भएको राजपत्रमा केन्द्र परिवर्तन सम्बन्धि स्पष्ट व्यवस्था भएको जनाएको छ ।

मन्त्रालयका सहसचिव रेश्मीराज पाण्डेका अनुसार गठन आदेश र राजपत्रमा स्थानीय चुनाव भएपछि साधारण बहुमतले केन्द्र परिर्वतन गर्न सक्ने बताए । तर यो व्यवस्था एक पटकका लागी मात्रै भएको पाण्डेले स्पष्ट पारे । अहिले काभ्रे, गोरखालगायतका विभिन्न ठाउँमा स्थानीय तहको केन्द्र विवाद भइरहेको छ ।

गठन आदेशमा केन्द्र परिवर्तन सम्बन्धि व्यवस्था

प्रकाशित मिति : २ चैत्र २०७३, बुधबार ००:००