पथरी (मोरङ) । उर्लाबारी–२ मंगलबारेमा रहेको बेतिनी सिमसारमा दुईवटा डुंगा चलाउन शुरु गरिएको छ । बेतिनी सिमसार व्यवस्थापन समितिका संयोजक कृष्णप्रसाद दाहालका अनुसार सिमसारमा अवस्थित पोखरीमा ती डुंगा सञ्चालनमा ल्याइएको हो । उर्लाबारी नगरपालिकाले सिमसारको विकासका लागि बजेट छुट्याउने भएपछि सिमसार विकासको काम अगाडि बढाइएको हो । बेतिनी सिमसारले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्नुका…