भक्तपुर, २० साउन । ‘एक घर एक धारा’ अभियानअन्तर्गत चाँगुनारायण नगरपालिकाका दुईवटा बस्तीमा धारा जडानका लागि बिहीबार त्रिपक्षीय सम्झौता भएको छ । चाँगुनारायणको मनोहरा बेँसी र पिखेल पकुनेपाटीमा खानेपानी विस्तारका लागि दाता ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड), स्थानीय उपभोक्ता समिति र सहयोगी संस्था युवा क्रियाकलाप सामाज (सोया)बीच त्रिपक्षीय सम्झौता भएको हो…