कालिका खड्का ७ मंसिर, ओखलढुंगा । ‘मेरो प्यारो ओखलढुंगा’ युगकवि सिद्धिचरण श्रेष्ठको निकै चर्चित कविता हो । कवि श्रेष्ठले भनेजस्तै सुन्दर पर्यटकीय नगरी बनाउनका लागि ओखलढुंगामा अहिले सिद्धिचरण सङ्ग्रहालय निर्माण भइरहेको छ । पञ्चवर्षीय योजनाअनुसार निर्माण कार्य शुरु भएको उक्त सङ्ग्रहालयको पहिलो तला निर्माण पूरा भइसकेको छ । सिद्धिचरण सङ्ग्रहालय समितिका सचिव धु्रवकुमार राजभण्डारीका अनुसार…