१८ माघ, बर्दिया । बर्दियाको गेरुवा गाउँपालिकामा रहेको सामुदायिक स्वास्थ्य सेवा केन्द्रको एम्बुलेन्स बिग्रँदा चार महिनादेखि एम्बुलेन्स सेवा प्रभावित भएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, छतिवन सामुदायिक वन लगायत विभिन्न संघसंस्थाको सहयोग र चन्दा संकलनबाट ५ वर्षअघि २०६९ साल साउनमा सामुदायिक स्वास्थ्य केन्द्रले किनेको एम्बुलेन्स बिग्रिएपछि मर्मत गर्ने रकम अभावमा एम्बुलेन्स…