भोजपुर । आन्तरिक विवादका कारण लामो समयपछि मङ्गलबार भोजपुर नगरपालिकाको प्रमुख पदको उम्मेदवारको टिकट विवाद टुङ्गिएको छ । नेपाली कांग्रेसले मङ्गलबार बिहान जिल्ला पार्टी सचिव कैलाशकुमार आलेलाई प्रमुखको टिकट दिने निर्णय गरेको हो । कांग्रेसको केन्द्रीय उम्मेदवारी विवाद समाधान समितिको बैठकले भोजपुर जिल्ला पार्टी समितिले गरेको निर्णयलाई वैधानिकता दिएको जिल्ला पार्टी कोषाध्यक्ष सफल किराँतीले जानकारी…