तम्घास (गुल्मी) । स्थानीय तहको चुनावमा गुल्मीका चारजना केन्द्रीय नेताहरु २० वर्षपछि स्थानीय तहको मतदान प्रक्रियामा सहभागी हुनेभएका छन् । केन्द्रीय नेताहरु प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, चन्द्र भण्डारी र सुवर्ण ज्वारचन अलग अलग गाउँपालिकाबाट आ–आफ्ना पार्टीका उम्मेदवारलाई यसपटक मत दिँदैछन् । केन्द्रीय नेताहरुमा एमालेको तर्फबाट पार्टी सचिवद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्ट रहेका छन् भने…