लहान । सिरहा जिल्लामा आसन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय, सिरहाले जनाएको छ । स्थानीय तहको निर्वाचनका लागि मतपत्र, स्वस्तिक छाप, मतपेटिका, मतदाता परिचयपत्र, मतदाता नामावलीलगायतका सम्पूर्ण सामग्री जिल्ला आइपुगेको र त्यसलाई प्याकिङ गर्ने कार्य भइरहेको जिल्ला निर्वाचन कार्यालय, सिरहाका प्रमुख ईन्द्रा यादवले जानकारी दिए । मतदान अधिकृतहरुलाई…