काठमाडौं । अहिले मान्छेहरू बजारमा निर्भर यति धेरै छन् कि, बजारमा किनेको खानेकुरा नखाएको कुनै छाक हुँदैन । सहर मात्र होइन, गाउँमा पनि बजारबाट खानेकुरा किनेर खाने परिपाटी दिन प्रतिदिन बढ्दो छ । खानपानमा आमनागरिक बजारमाथी निर्भर हुँदै गर्दा व्यापारिक फाइदाका लागी खाद्यवस्तुमा मिसावट समस्या बढ्दै गएको छ । खानेकुरामा अखाद्य तथा नकरात्मक असर पुग्ने…