पुस १२, नवलपरासी । पश्चिम नवलपरासीको सबैभन्दा पुरानो नगरपालिका रामग्राम नगरपालिकाले नगरभित्रका पाँच गाउँलाई नमूना गाउँको रुपमा विकास गर्ने योजना अघि बढाएको छ । रामग्राम नगरपालिका अन्तर्गत वडा नं ७ को उजैनी, ९ को जोकवार, १० को लकङ्हवा र १२ को कुनवार गाउँलाई आगामी दुई वर्षभित्रमा नमूना गाउँको रुपमा विकास गर्ने योजना अघि बढाएको हो…