असार ५, ठिनी । मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी गाउँदेखि संसारको सबैभन्दा उच्चस्थानमा रहेको तिलिचो ताल जोड्ने सडक निर्माण शुरु भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले ठिनीदेखि तिलिचो ताल नजिकै पर्ने नमखुलेकसम्म सडक पु¥याउन ट्र्याक खोल्ने काम शुरु गरेको हो । यसअघि ठिनीदेखि ताङदुङसम्म साढे दुई किलोमिटर सडक निर्माण भइसकेको थियो । यसअघि निर्माण भएको…