जमुना गजुरेल असार २, विदुर । गोरखा भूकम्पका कारण नुवाकोटका पुराना र संस्कृति झल्किने घर चार वर्षयता हराएर गएका छन् । विसं २०७२ वैशाख १२ को भूकम्पले भत्कनुपूर्वका पुराना मौलिकता झल्किने घर अहिलै कतै पनि भेटिन्न । भूकम्प जानुभन्दा पहिले गाउँघरतिर खरले छाएका, ढुङ्गाका गारा, काठका ढोका, आँखी झ्याल भएका घर हुन्थे । पिँढी जाँतोढिकी…