कावासोती । भूमिगत स्रोतबाट नवलपरासीपूर्व नवलपुरको एक हजार हेक्टर बढी क्षेत्रफलमा सिँचाइको व्यवस्था गरिने भएको छ । जिल्लामा रहेका खेतीयोग्य जमीनमा सिँचाइको उचित प्रबन्ध नहुँदा राम्रो उत्पादन लिन नसकिएकाले भूमिगत जलस्रोत तथा सिँचाइ कार्यालयले ‘ट्युवेल’ गाड्ने कामलाई प्राथमिकता दिएको छ । कार्यालयले गत आर्थिक वर्षमा गाडिएका ‘ट्युवेल’ बाट नवलपुरको ३२८ हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा पुगेको…