आदित्य दाहाल, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मुख्य पर्यटकीयस्थल पाँचपोखरी जाने सडक अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण जिल्लाको पश्चिम मेलम्ची बजारबाट तिपेनी हुँदै भोताङ जाने सडक पहिरो गएपछि अवरुद्ध भएको हो । जिल्लाको लाङ्टाङ हिमाली क्षेत्रमा पर्ने प्रसिद्ध तीर्थस्थल पाँचपोखरी मेला शुरु हुनै लाग्दा पाँचपोखरी जानका लागि प्रयोग हुने मेलम्ची–भोताङ सडकखण्डको विभिन्न ठाउँमा गएको…