८ चैत, भक्तपुर । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार सञ्चालनका लागि केन्द्रीय सरकारलाई कर्मचारी र बजेट पठाउन माग गरेका छन् । भक्तपुरमा रफत क्लबले आयोजना गरेको कार्यक्रममा उनले भने– “बजेट र कर्मचारी अभावले प्रदेश सरकार सञ्चालनमा विभिन्न समस्या आउने गरेको छ ।” मुख्यमन्त्री शाहीले भने, “प्रदेश सरकार सञ्चालन अहिलेका लागि नितान्त नयाँ विषय…