पुस ३०, बेझाड । पाल्पाको दुर्गम र विकटमा रहेको रम्भा गाउँपालिकाका सबै वडामा प्रसूति सेवा सञ्चालनमा भएपछि सुत्केरीलाई सेवा लिन सजिलो भएको छ । स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेका यहाँका महिलालाई गाउँपालिकाका पाँच वटै वडामा प्रसूति केन्द्र सञ्चालनमा आएपछि ठूलो राहत मिलेको छ । यहाँ प्रसूति सेवा नहुँदासम्म जिल्ला सदरमुकाम तानसेन जानुपर्ने बाध्यता थियो ।…