माघ २८, रामपुर । पाल्पाको रम्भा गाउँपालिकाले गाउँपालिकाभित्र बसोबास गर्नेमध्ये बालविवाह गर्नेलाई सेवासुविधा नदिने भएको छ । पाँच वटा वडा रहेको गाउँपालिकामा सानै उमेरमा विवाह गर्नेहरु बढ्न थालेपछि यस्तो निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष राधाकुमारी श्रेष्ठले बताइन् । सानै उमेरमा विवाह गर्दा शारीरिक तथा मानसिक समस्या आउने भएकाले यसको न्यूनीकरणका निम्ति गाउँपालिकाले अभियान जारी राखेको उपाध्यक्ष…