रमेश गिरी १४ चैत, भक्तपुर । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको आँखा कार्यकक्षमा प्रवेश गरे लगत्तै टेबुलको कम्प्युटरमा पुग्छ । कम्युटरबाटै आफ्नो कार्यालयका कर्मचारी कसले समयमै हाजिर गरे, कसले गरेनन्, नगरपालिकाको १० वटै वडा कार्यालयका वडा अध्यक्षदेखि कर्मचारी सम्मले हाजिर गरे कि गरेनन्, १० वटा स्वास्थ्य चौकीका कर्मचारी र नौ वटा सामुदायिक विद्यालयका प्रिन्सिपल र…