२९ माघ, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको सिटअनुसार उम्मेदवारको नामावली निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिक सिटमा उम्मेदवार तय गर्ने सम्बन्धमा छलफल गरिरहेको पार्टी कार्यालयले जनाएको छ । बैठकले आजै नामावली टुंगो लगाई निर्वाचन आयोगमा बुझाउने कांग्रेस नेता…