भदौ ३०, रोल्पा । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विभिन्न बहानामा सङ्घीयता विरोधीले टाउको उठाउन खोजेको आरोप लगएका छन् । जिल्ला समन्वय समिति रोल्पाले शनिबार लिवाङमा आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा मन्त्री पुनले सङ्घीयतामाथि नै प्रहार हुने गरी गतिविधि भइरहेको दाबी गरे । सङ्घीयताको मर्मअनुसार काम गरे मात्रै जनताको मन जित्न सकिने उनले बताए…