कात्तिक १८, लमजुङ । बेंसीशहर नगरपालिकाले ‘बेंसीशहर नगरपालिका’ नामक मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । कार्यालयको गतिविधि र स्थानीयवासीको जनगुनासो सुन्नका लागि मोबाइल एप्स सञ्चालनमा ल्याइएको हो । प्रविधिको विकाससँगै मोबाइल एप्सको प्रयोग बढेकाले सर्वसाधारणको सहजताका लागि एप्स सञ्चालनमा ल्याएको नगरपालिकाले जनाएको छ । नागरिकलाई कार्यालयको सूचना, नीति, कार्यक्रम, योजना तथा बजेट र कार्यालयले…