स्थानीय खबर, १ मंसिर । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं. ८ का अध्यक्ष धनबहादुर श्रेष्ठको नदीमा डुबेर मृत्यु भएको छ । गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले इन्द्रावती नदीमा डुबेर श्रेष्ठको मृत्यु भएको जानकारी दिए । तामाङका अनुसार इन्द्रावती गाउँपालिका वडा नं. ११ को होस्टे दोभानमा पर्ने इन्द्रवती नदीमा श्रेष्ठको मृत शरिर तैरिरहेको अवस्थामा फेला परेको…